Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • सोलार बत्ती जडानमा ६ लाखभन्दा बढी भ्रष्टाचार, गाउँपालिकाका उपाध्यक्षसहित ११ जनाविरुद्ध मुद्धा दायर

    सोलार बत्ती जडानमा ६ लाखभन्दा बढी भ्रष्टाचार, गाउँपालिकाका उपाध्यक्षसहित ११ जनाविरुद्ध मुद्धा दायर

    अनलाइन नेपाल
  • आइतबार, २३ भाद्र २०८१
  • 306
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​

    सोलार बत्ती जडान गर्ने योजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले तत्कालीन उपाध्यक्ष तीर्थमाया खत्वेसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो।​



    अख्तियारले आइतबार पालिकाकाको योजना अनुगमन समितिका संयोजक समेत रहेका खत्वे, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादव ११ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।



    उनीहरु ११ जना विरुद्ध नै ६ लाख ४५ हजार ६६५ प्रतिव्यक्ति बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।

    गाउँपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ५ सम्म सोलार बत्ती जडान गर्ने योजनामा नापी किताब अनुसार कार्य नगरेको तथा वास्तविक कार्यभन्दा बढी भुक्तानी भएको ठहर गर्दै आयोगले मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले बताए।

    प्रवक्ता घिमिरेका अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह, इन्जिनियर उग्रानन्द पाठक, सब–इन्जिनियर जागेश्वर मण्डलले आर्थिक वर्ष २०७४/०७५ मा उक्त योजनाको सम्झौता बमोजिम कार्य नगरेको, कम काम गरी बढी काम गरेको भनी प्राविधिक मूल्याङ्कन सहितको नापी किताब तयार गरी तथा गर्न लगाई भुक्तानीको टिप्पणी र आदेशलाई सदर गरी वास्तविक भएको कामको भन्दा बढी ६ लाख ४५ हजार ६६५ रुपैयाँ भुक्तानी दिन लगाएको पाइएको छ ।

    यस्तै अनुगमन समितिका संयोजक उपाध्यक्ष खत्वे, सदस्यद्वय दुर्गानन्द यादव र विरेन्द्रकुमार यादवले सोलार बत्ती खरिद तथा जडान योजनाको अनुगमन प्रतिवेदन पेश गर्दा बदनियतपूर्वक बास्तविक भए गरेको भन्दा बढी कार्य भएको भन्दै नभएको काम देखाएर प्रतिवेदन पेश गरी भुक्तानीको लागि सिफारिससमेत गरेको पाइएको छ ।

    साथै उपभोक्ता समितिका अध्यक्ष रबेन्द्रकुमार यादव, सचिव धिरेन्द्र यादव र कोषाध्यक्ष रेणुकुमारी यादवले योजनाको सम्झौता गराई कार्य सुरु गरी निर्माण कार्य सम्पन्न भएको भनी शर्त एवं सम्झौता विपरीत भए गरेको काम भन्दा बढी कार्य गरेको भनी नापी किताव, कार्यसम्पन्न प्रतिवेदन, विल भरपाई, डोरहाजिरी लगायतका कागजात तयार गराई पेश गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार