Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • जबरजस्ती करणी गरेको आरोपमा दाङबाट एक जना पक्राउ

    जबरजस्ती करणी गरेको आरोपमा दाङबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २३ भाद्र २०८१
  • 156
    SHARES

    फाइल तस्विर

    दाङ । दाङ प्रहरीले ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका-१ ज्यामिरे बस्ने ४६ वर्षीय दुर्गा बहादुर सार्की रहेका छन्।



    सार्कीले ती महिलालाई सोही ठाउँस्थित मकैबारीमा भदौ १३ गते राती जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो ।



    उक्त उजुरीका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

    यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार