Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • राप्तीमा बेपत्ता भएका दुई युवा अझै भेटिएनन्

    राप्तीमा बेपत्ता भएका दुई युवा अझै भेटिएनन्

    अनलाइन नेपाल
  • आइतबार, २३ भाद्र २०८१
  • 159
    SHARES

    फाइल तस्विर

    चितवन । राप्ती नदीमा बेपत्ता भएका दुई युवकको अवस्था अझै अज्ञात रहेको छ ।

    शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आजसम्म नभेटिएका हुन् । भरतपुर महानगरपालिका–२७ जमुनाघाटस्थित राप्तीखोलामा माछा मार्न गएका उनीहरू बेपत्ता भएका थिए ।



    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीय मिलेर नदीमा खोजी जारी राखिएको भए पनि अहिलेसम्म भेट्टाउन सकिएको छैन।



    शुक्रबार २ बजे माछा मार्न निस्किएका भरतपुर महानगरपालिका–२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरी र वडा नं २७ का ४५ वर्षीय शुकबहादुर परियार बेपत्ता भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार