Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

    पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

    अनलाइन नेपाल
  • आइतबार, २३ भाद्र २०८१
  • 327
    SHARES

    फाइल तस्विर

    जुम्ला । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ ।

    गएरातिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित एसमोड र गगनेखोलामा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।



    सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार अवरुद्ध राजमार्ग सञ्चालनको प्रयास जारी छ ।गगनेखोलामा बारम्बार पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ ।



    राजमार्ग अवरुद्ध हुँदा जुम्ला, कालिकोट तथा मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौं जाने सवारीसाधनका यात्री अलपत्र परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार