Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सुदूरपश्चिमका तीन जिल्लाबाट भन्सार छलिका सामान बरामद

    सुदूरपश्चिमका तीन जिल्लाबाट भन्सार छलिका सामान बरामद

    अनलाइन नेपाल
  • आइतबार, २३ भाद्र २०८१
  • 495
    SHARES

    कैलाली । सुदूरपश्चिमका तीन जिल्लाबाट प्रहरीले ठूलो परिमाणमा भन्सार छलिएका सामान नियन्त्रणमा लिएको छ । कैलाली, कञ्चनपुर र दार्चुलाबाट अबैध रुपमा भारतबाट नेपाल भित्र्याइएका सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।

    कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानहरूमा प्रहरीले छापामारेर करिब दुई लाख दुई हजार बराबरको भन्सार छलिएका सामग्रीहरू नियन्त्रणमा लिएको छ ।



    यसमा बिडी, सुर्ती, मसला, काजु, चियापत्ती, साबुन, लेदर बेल्ट, चस्मा, खेलौना लगायतका सामग्रीहरू रहेका छन्। यी सामग्रीहरू धनगढीको आदर्श टोल, चटकपुर, र हसनपुर क्षेत्रबाट फेला पारिएको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ ।



    यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका-७ पौलाहबाट प्रहरीले भारतबाट भन्सार छलि गरी ल्याइएका करिब ९८ हजार तीन सय बराबरको पेय पदार्थ, बिडी र एक भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ ।

    इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उक्त सामानलाई वेवारिसे अवस्थामा फेला पारेको हो ।

    यसैगरी दार्चुलास्थित इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले शैल्यशिखर नगरपालिका-९ सतभोगेमा रोकीएको म १ ज २२० नम्बरको बोलेरो जिपमा चेकजाँच गर्दा अन्दाजी ६ लाख ३३ हजार बराबरको १९ पेटी घोडा बिडी, ४८ बण्डल सलाई, र ३ बोरा हाईक्लास सुर्ती बरामद गरेको छ।

    बोलेरो जिप र सामानलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको जनाइएको छ। तीनै जिल्लामा अबैध भन्सार छलिका सामान नियन्त्रणमा लिन सफल प्रहरीले अबैध कारोबारविरुद्ध कठोर कदम चालिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार