Online Nepal
  • सोमबार, ३१ भाद्र २०८१
  • एकाबिहानै ढुंगेबजारमा इलेक्ट्रोनिक हाईस दुर्घटना

    एकाबिहानै ढुंगेबजारमा इलेक्ट्रोनिक हाईस दुर्घटना

    अनलाइन नेपाल
  • आइतबार, २३ भाद्र २०८१
  • 1K
    SHARES

    कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ स्थित ढुंगेबजारमा इलेक्ट्रोनिक हाईस दुर्घटना भएको छ ।

    आज बिहान चिसापानीदेखि लम्की जाँदै गरेको सु.प.प्र.००१ ज ९४१ नम्बरको इलेक्ट्रोनिक हाईस पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको हो ।



    उक्त गाडी डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं. ०४ निवासी २४ वर्षीय शेर बहादुर साउँदले मापसे गरेर चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको कैलाली प्रहरीले जनाएको छ ।



    गाडी दुर्घटनामा परेर बाँया साइडको दुई वटा टायर सडकको नालामा र दायाँ साइडको दुई वटा टायर सडकमै अड्किएको थियो।

    उक्त दुर्घटनामा मानवीय क्षति भने नभएको र अन्य सवारी साधनमा पनि कुनै क्षति नपुगेको बताइएको छ । गाडी दुर्घटना भएको स्थलमै रहेको छ भने चालकलाई इलाका प्रहरी कार्यालय चिसापानीले नियन्त्रणमा लिएको छ।

    उक्त घटनास्थलमा प्रहरी निरीक्षक लक्ष्मण रोकायाको कमाण्डमा ४ जना प्रहरी टोली खटाइएको थियो । दुर्घटनाको थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार