Online Nepal
  • सोमबार, ३१ भाद्र २०८१
  • अब ६ प्रदेशमा सरकारी मेडिकल कलेज सञ्चालनमा, सुदूरपश्चिमलाई किन बेवास्ता ?

    अब ६ प्रदेशमा सरकारी मेडिकल कलेज सञ्चालनमा, सुदूरपश्चिमलाई किन बेवास्ता ?

    अनलाइन नेपाल
  • आइतबार, २३ भाद्र २०८१
  • 534
    SHARES

    काठमाडौँ । चिकित्सा शिक्षा आयोगले यो वर्षको चिकित्सा शिक्षातर्फ स्नातक तहका लागि विभिन्न कलेज तथा प्रतिष्ठानहरूको सिट सङ्ख्या निर्धारण गरेको छ ।

    आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाका अनुसार आयोगले स्नातक तहका लागि विभिन्न विषयमा आठ हजार ७० वटा सिट निर्धारण गरेको हो ।



    उनले यो वर्ष एमबिबिएसका लागि थप चार वटा स्वास्थ्य संस्थाले सम्बन्धन पाएको जानकारी दिँदै ती संस्थालाई ५०/५० वटाका दरले सिट तोकिएको बताइन् । झाका अनुसार थप भएका कलेजमा तीन वटा सरकारी प्रतिष्ठान र एउटा निजी कलेज छ ।



    सरकारीमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् । यस्तै निजीतर्फ बी एन्ड सी मेडिकल कलेजले सिट पाएको छ ।

    योसँगै ६ वटा प्रदेशमा सरकारी मेडिकल कलेज सञ्चालनमा आएका छन् । तर सुदूरपश्चिममा भने मेडिकल कलेजका लागि संरचना निर्माण गरिए पनि सरकारी सञ्चालनमा आउन सकेको छैन । मेडिकल शिक्षा अध्यापन गराउने उद्देश्यले कैलालीमा गेटा मेडिकल कलेजका लागि भव्य संरचना निर्माण गरिएका छन् ।

    तर सरकारी बेवास्ताका कारण मेडिकल कलेज सञ्चालनमा आउन सकेको छैन । कलेजसँग सम्बन्धित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसद्मा विचाराधीन अवस्थामा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार