Online Nepal
  • सोमबार, ३१ भाद्र २०८१
  • सल्यानमा चट्याङ लागेर एकै घरका तीनसहित चारजना घाइते

    सल्यानमा चट्याङ लागेर एकै घरका तीनसहित चारजना घाइते

    अनलाइन नेपाल
  • शनिबार, २२ भाद्र २०८१
  • 468
    SHARES

    फाइल तस्विर

    सल्यान । चट्याङ पर्दा सल्यानमा एकै घरका तीनसहित ४ जना घाइते भएका छन् ।

    शनिबार बेलुकी ६ बजेतिर परेको चट्याङका कारण जिल्लाको त्रिबेणी गाउँपालिका-३ कटमेराका चार जना घाइते भएका हुन् ।



    जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार स्थानीय गीता बुढामगरको घरमा चट्याङ पर्दा उनकी ६ वर्षीया छोरी मसिना बुढा, १२ वर्षीय छोरा जगत बुढा, ४२ वर्षीया सासु बिष्णु बुढा र छिमेकी घरका ३५ वर्षीय दलबहादुर बुढा घाइते भएका हुन् ।



    गम्भीर घाइतेमध्ये मसिना र जगतको उपक्षेत्रीय अस्पताल तुलसीपुरमा उपचार भइरहेको र अन्य दुई जना स्थानीय मेडिकलमा उपचारपछि घर फर्किएका सल्यान प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार