Online Nepal
  • सोमबार, ३१ भाद्र २०८१
  • उपसभापति अर्याल भन्छन् – देश बनाउन ३६ हजार १०७ जना रवि जन्माउनुपर्छ

    उपसभापति अर्याल भन्छन् – देश बनाउन ३६ हजार १०७ जना रवि जन्माउनुपर्छ

    अनलाइन नेपाल
  • शनिबार, २२ भाद्र २०८१
  • 513
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले देश बनाउनका लागि ३६ हजारभन्दा बढी रवि लामिछानेहरु जन्माउनुपर्ने टिप्पणी गरेका छन् ।

    शनिवार पार्टीको सिन्धुली–काठमाडौँ सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति अर्यालले सो टिप्पणी गरेका हुन् ।



    उनले आफ्नो पार्टी सभापतिको नाम लिँदै देश बनाउनका लागि एउटा रवि लामिछानेले मात्रै नसक्ने बताए ।



    उनले देशलाई परिवर्तन गरी समृद्ध बनाउनका लागि हरेक वडामा गरेर ३६ हजार १०७ जना रवि जन्माउनुपर्ने र आफूहरु त्यही अभियानमा लागेको बताए।

    उनले रवि बन्नका लागि आचारसंहिताको पालना गर्नुपर्ने भन्दै सबैलाई आचारसंहिता पालना गरी संगठन निर्माणमा लाग्न आग्रह गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार