Online Nepal
  • सोमबार, ३१ भाद्र २०८१
  • लुटपाटमा संलग्न सातजना पक्राउ

    लुटपाटमा संलग्न सातजना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २२ भाद्र २०८१
  • 654
    SHARES

    धरान । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    इटहरीको प्रमुख धार्मिकस्थलमा पर्यटकलाई आतंकित पारी लुटपाट गर्ने सातजनाको समूहलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।



    झापाको बाह्रदशी गाउँपालिका–३, राजगढका २२ वर्षीय अमन भगत र २३ वर्षीय निखिल भगतलाई तालतलैया घुम्न आएको समयमा बाटो छेकेर चक्कु देखाउँदै दुई लाख रुपैयाँ लुटपाट गरी उनीहरू फरार भएका थिए । पीडितले इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिएपछि लुटपाटमा संलग्नलाई खोजी गरी पक्राउ गरिएको उपरीक्षक भण्डारीले बताए ।



    प्रहरीका अनुसार, सुनसरीकै रामधुनी नगरपालिका–३ का २२ वर्षीय अनिस कोइराला र १९ वर्षीय शुसन थापा पक्राउ परेका छन् । यस्तै, इटहरी–४ का २४ वर्षीय विशाल तामाङ, १८ वर्षीय सुनील बस्नेत र १८ वर्षीय निश्चल बस्नेत, इटहरी–७ का १८ वर्षीय साकार भण्डारी र इटहरी–१६ का १८ वर्षीय रिचन खत्री पक्राउ परेका छन् ।

    उनीहरूका साथबाट तीन लाख २५५ रुपैयाँ नगदसहित चक्कु, मोबाइल बरामद गरिएको उनले बताए ।

    पक्राउ परेका सातैजनालाई सुनसरी जिल्ला अदालतमा पेस गरी पाँच दिनको म्याद थप गरेर इलाका प्रहरी कार्यालय इटहरीमा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार