Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • ढुंगाले लागेर हजुरआमाको मृत्यु, नातिनी घाइते

    ढुंगाले लागेर हजुरआमाको मृत्यु, नातिनी घाइते

    अनलाइन नेपाल
  • शनिबार, २२ भाद्र २०८१
  • 342
    SHARES

    फाइल फोटो

    डोटी । डोटीमा पहिरोबाट खसेको ढुंगाले लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका– ३ आगरकी ६१ वर्षीया कौमतीदेवी ऐरको मृत्यु भएको हो ।

    कौमतीदेवीको उन्ने ओडार भन्ने ठाउँमा माथिबाट आएको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ ।



    कौमतीदेवी शनिवार माइती जान घरबाट हिँडेकी थिइन् । उनको माइतीघर आदर्श गाउँपालिका– ६ सवखोलामा रहेको छ । सोहीबेला पहिरो खसेर उनलाई ढुंगाले लागेको थियो ।



    ढुंगाले लागेर कौमतीसँगै रहेकी उनकी नातिनी पर्ने १२ वर्षीया भुवनेश्वरी ऐर पनि घाइते भएकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार