Online Nepal
  • सोमबार, ३१ भाद्र २०८१
  • वायु प्रदूषणले नागरिकको स्वास्थ्यमा असर पर्‍यो, नीति बनाउन ढिला भइसक्यो : उपसभामुख इन्दिरा

    वायु प्रदूषणले नागरिकको स्वास्थ्यमा असर पर्‍यो, नीति बनाउन ढिला भइसक्यो : उपसभामुख इन्दिरा

    अनलाइन नेपाल
  • शनिबार, २२ भाद्र २०८१
  • 279
    SHARES

    काठमाडौँ । उपसभामुख इन्दिरा रानामगरले वायु प्रदूषणका कारण धेरै महिला, ज्येष्ठ नागरिक र बालबालिकाहरूको स्वास्थ्यमा असर परिरहेको बताएकी छिन् ।

    शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा उपसभामुख रानामगरले यस्ता बताएकी हुन् ।



    वायु प्रदूषणसम्बन्धी नीति बनाएर कार्यान्वयनमा लैजान ढिला भइसकेको बताउँदै उनले खुला फोरममार्फत् सांसदहरुसँग बसेर वायु प्रदूषण सम्बन्धी नीति बनाउनेबारे छलफल गरिरहेको बताइन् ।



    जलवायु परिवर्तन र वायु प्रदूषणका कारण ज्येष्ठ नागरिक, बालबालिका र महिलाहरुलाई धेरै असर परिरहेको भन्दै सो बारेमा बुलन्द आवाज उठाउनुपर्ने बाइन् ।

    ‘विश्वकै आँकडा हेर्ने हो भने पनि धुँवा पोलुसनले गर्दा धेरै मानिसको मृत्यु भइरहेको छ । यस्तो कुरालाई चिरेर लैजानुपर्छ,’ उनले भनिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार