Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • एन्फा महिला लिगमा सुदूरपश्चिमको लज्जास्पद हार, पुलिसले हान्यो ९ गोल !

    एन्फा महिला लिगमा सुदूरपश्चिमको लज्जास्पद हार, पुलिसले हान्यो ९ गोल !

    अनलाइन नेपाल
  • शुक्रबार, २१ भाद्र २०८१
  • 732
    SHARES

    काठमाडौंं । एन्फा महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले फराकिलो जित हासिल गरेको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको दोस्रो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशमाथि ९–० गोलको फराकिलो जित हासिल गरेको हो । पुलिसको जितमा निरु थापा र दिपा न्यौपानेको ह्याट्रिक गोल गरिन् ।



    यस्तै पुजा राना, अनुश्का शेर्पा र गिमकुमारी गुरुङले एकएक थपे । पहिलो चरणमा पुलिसले सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग गोलरहित बराबरी खेलेको थियो भने सुदूरपश्चिम बाग्मती युथ क्लबसँग पराजित भएको थियो ।



    यस्तै ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आजै भएको पहिलो खेलमा सङ्कटा क्लब र रौतहटको चन्द्रपुर नगरपालिकाले गोल रहित बराबरी खेलेका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भएको लिगमा १० वटा टोली सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार