Online Nepal
  • बुधबार, २ असोज २०८१
  • माइतीघरमा धर्ना दिइरहेका आठजना अधिकारकर्मी पक्राउ

    माइतीघरमा धर्ना दिइरहेका आठजना अधिकारकर्मी पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २१ भाद्र २०८१
  • 252
    SHARES

    काठमाडौं । निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरमा २८ दिनदेखि धर्ना दिइरहेका अधिकारकर्मीहरु पक्राउ परेका छन् ।

    बाँकेको नेपालगञ्ज–१७ की कुर्मीलाई न्याय माग्दै माइतीघरमा धर्ना दिइरहेका रुबी खानसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको हो ।



    २०६२ मा निर्मलाका श्रीमान् महलु कुर्मीको मृत्यु भएको थियो । त्यस्तै २०७५ मा निर्मलालाई बेपत्ता पारियो । सीमापारि भारतमा निर्मलाको शंकास्पद मृत्यु भएको भनिए पनि उनको अवस्था अहिलेसम्म अज्ञात छ ।



    यस घटनामा नेपाली कांग्रेसका नेता बादशाह कुर्मी संलग्न रहेको आरोप लागेको छ । उनी अहिले लुम्बिनी प्रदेश सरकारमा वन तथा वातावरणमन्त्री छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार