Online Nepal
  • बुधबार, २ असोज २०८१
  • नेपालले दियो श्रीलंका डेभलपमेन्टलाई १६० रनको लक्ष्य

    नेपालले दियो श्रीलंका डेभलपमेन्टलाई १६० रनको लक्ष्य

    अनलाइन नेपाल
  • शुक्रबार, २१ भाद्र २०८१
  • 471
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग-२ को तयारीका लागि श्रीलंकामा रहेको नेपालले तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्टलाई १६० रनको लक्ष्य दिएको छ ।

    टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४० ओभरमा १५९ रनमा अल आउट भएको हो । नेपालका लागि कुशल भुर्तेलले ५० बलमा सर्वाधिक ४३ रन बनाए ।



    कुशल मल्लले ५५ बलमा ३५ रन बनाए । आरिफ शेख २०, कार्यवहाक कप्तान सोमपाल कामी २, गुलशन झा ५ रनमा आउट भए । यसैगरी आसिफ शेख डक, अनिल साह ३, सन्दीप जोरा ६ रनमा आउट भए ।



    श्रीलंका डेभलपमेन्टका लागि गरुका सन्खेतले चार विकेट लिए । श्रीलंकमा अब केही दिन तयारी गरेपछि नेपाल क्यानडा जानेछ।

    क्यानडाको ओन्टेरियोमा हुने एकदिवसीय सिरिज भदौ ३१ देखि सुरू हुनेछ। असोज १० गते एकदिवसीय सिरिज सकिएपछि असोज १२ बाट टी-२० सिरिज सुरु हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार