Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • मौलिक संस्कृति र संस्कारको परिधीभित्रै रहेर पर्व मनाउन जरुरी छ : उपराष्ट्रपति यादव

    मौलिक संस्कृति र संस्कारको परिधीभित्रै रहेर पर्व मनाउन जरुरी छ : उपराष्ट्रपति यादव

    अनलाइन नेपाल
  • शुक्रबार, २१ भाद्र २०८१
  • 258
    SHARES

    काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आ–आफ्नो मौलिक संस्कृति र संस्कारको परिधीभित्रै रहेर पर्व मनाउन जरुरी रहेको बताएका छन् ।

    हरितालिका तीज र चौरचन (चकचना) को अवसरमा सबै नेपालीमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।



    नेपाली समाजमा मनाइने विभिन्न पर्व–त्योहार, संस्कार–संस्कृति एवं परम्परा–रीतिरिवाजले एकता, सद्भाव र सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।



    चारैतिर हरियाली र प्रकृति नै रमणीय देखिने समयमा मनाइने तीज अत्यन्तै उमङ्ग, उल्लास, आनन्द, प्रेम र मिलनको भाव एवं सन्देश लिएर आउँने गर्दछ ।

    हरेक वर्षको भाद्र शुक्ल पक्षको तृतीयामा मनाइने यो पर्व हाम्रो धार्मिक श्रद्धा र पति–पत्निको प्रेमलाई प्रगाढ बनाउने त्योहार भएको उनले उल्लेख गरे ।

    कुमारी कन्याहरु पार्वती झै आफ्ना लागि शिव जस्तै मनोवान्छित वरको कामना गर्दछन । विवाहिताहरु भने पार्वती जस्तै आफूलाई सदा सौभाग्यवत्ती रहन तथा आफ्ना पतिबाट शिव जस्तै अनुराग प्राप्त गर्ने कामना गर्ने परम्परा छ ।

    त्यस्तै चौरचन (चकचना) पर्व मधेसका जिल्लामा भदौ शुक्ल चौथीका दिन सूर्यास्तपछि हिन्दू व्रतालुहरुले फलफूल तथा विभिन्न मौलिक प्रसादसहित आस्था र निष्ठापूर्वक चौरचन (चकचना) पर्व मनाउने चलन रही आएको छ ।

    यो पर्वमा धार्मिक विधि–विधान अनुसार चन्द्र देवको पूजा–उपासना गरिन्छ । गणेश चौठीको नामले समेत लोकप्रिय यो लोकपर्वमा पुरी, खीर, दही, नरिवल, केरा र मौसम अनुसारको फलफूल चन्द्रमालाई अघ्र्य दिएर यो पर्वको अनुष्ठान सम्पन्न गरिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार