Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • बान्द्रेखोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु, एक बेपत्ता

    बान्द्रेखोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु, एक बेपत्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २१ भाद्र २०८१
  • 1.2K
    SHARES

    फाइल तस्विर

    बागलुङ । बागलुङमा खोलाले बगाउँदा दुई युवाको मृत्यु भएको छ ।

    बिहीवार रातिदेखि परेको भीषण वर्षासँगै बागलुङ नगरपालिका-४ कुँडुले हुँदै बग्ने बान्द्रेखोलामा आएको बाढीले मोटरसाइकलसहित तीन युवालाई बगाएको हो । ती मध्ये दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।



    बिहीवार राति साढे १२ बजे बानपा–४ कुँडुलेदेखि मालिकातर्फ जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र घ१प ९९९६ नम्बरको स्कुटरमा सवार बान्द्रे अढाईथर बस्ने २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अभिषेक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।



    सोही स्थानका २० वर्षीय कमल सापकोटा बेपत्ता रहेको छन् । सापकोटा र रेग्मीको शव घटनास्थलबाट झण्डै १ सय मिटर तल फेला परेको थियो । मृत्तक दुवैको शव पोष्टमार्टमको लागि धौलागिरी अस्पतालमा ल्याइएको छ।

    बेपत्ता सापकोटाको खोजी कार्यमा प्रहरी निरीक्षक प्रताप पौडेल नेतृत्वको प्रहरी टोली घटनास्थलमा परिचालित भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार