Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पहाडी नियुक्त

    नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पहाडी नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, २० भाद्र २०८१
  • 324
    SHARES

    काठमाडौँ । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।



    तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै पालामा गठित सिफारिस समितिले सार्वजनिकरुपमा आवेदन मागेर लिखित तथा मौखिक प्रस्तुतिका आधारमा तीन जनाको नाम सिफारिस गरेको थियो ।



    सो समितिले संगीता पहाडी, अनिल झा र विमल आचार्यको नाम सिफारिस गरेकोमा नयाँ मन्त्री पृथ्वीसुब्बा गुरुङले सोही प्रस्ताव मन्त्रिपरिषदमा पठाएका थिए ।

    पहाडी निमित्त प्रबन्ध निर्देशकको रूपमा काम गर्दै आएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार