Online Nepal
  • बुधबार, २ असोज २०८१
  • सर्वोच्चद्धारा एआईजी ज्ञवालीसहितको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    सर्वोच्चद्धारा एआईजी ज्ञवालीसहितको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    अनलाइन नेपाल
  • बिहिबार, २० भाद्र २०८१
  • 684
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीसहित ५ जना प्रहरी अधिकृतहरुले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    सर्वोच्चका न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।



    उमेरहदका कारण अवकाश नगर्न माग गर्दै एआईजी ज्ञवाली, डीआईजीहरु केदार ढकाल, राजेशनाथ बास्तोला र यज्ञविनोद पोखरेलसहित ५ जनाले रिट दायर गरेका थिए ।



    पद अनुसारको उमेरहदका कारण उनीहरू अनिवार्य अवकाशमा जाँदैछन् । प्रहरी किताबखानाले उनीहरूलाई अवकाशको पत्रसमेत पठाइसकेको छ ।

    सर्वोच्च अदालतले सो मुद्दालाई अग्राधिकार प्रदान गरेको छ । प्रहरी अधिकृतहरूले दर्जागत उमेरका कारण अवकाश रोक्न अन्तरिम आदेश माग गरेका थिए ।

    एआईजी ज्ञवालीसहित पाँच प्रहरी अधिकृतहरूले भदौ १२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल र राष्ट्रिय किताबखानालाई विपक्षी बनाउँदै रिट दर्ता गरेका थिए।

    उक्त रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले भदौ १३ गते कारण देखाऊ आदेशसहित लिखित जवाफ मगाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार