Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

    कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २० भाद्र २०८१
  • 228
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन्।

    कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पर्सा विन्दवासिनी गाउँपालिका-२ घर भएका ४९ वर्षीय लक्ष्मणप्रसाद चौरसियालाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।



    चौरसियासहित अन्य चार जनाले २०६४ वैशाख २५ गते राति पर्सा साविक बहुअर्वा गाविस ५ बस्ने ढोडा मुखिया विनको गोली प्रहार गरी हत्या गरेका थिए ।



    उक्त घटनापछि फरार रहेका चौरसियालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले पर्सा वीरगंज महानगरपालिका-१६ बाट पक्राउ गरेको हो ।

    साथै सर्वोच्च अदालतको २०६९ कात्तिक २४ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा लक्ष्मण प्रसादलाई सर्वस्व सहित जन्म कैद सजाय ठहर भएको थियो ।

    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार