Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • काठमाडौं प्रहरीको अर्को बदमासी : पक्राउ परेकी बैंककी कर्मचारीलाई फरार बनाएर मुद्दा दायर

    काठमाडौं प्रहरीको अर्को बदमासी : पक्राउ परेकी बैंककी कर्मचारीलाई फरार बनाएर मुद्दा दायर

    अनलाइन नेपाल
  • बिहिबार, २० भाद्र २०८१
  • 876
    SHARES

    काठमाडौं । हुन्डी कारोबारको आरोपमा पक्राउ परेकी बैंककी कर्मचारीलाई प्रहरीले फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

    कुमारी बैंककी कर्मचारी तृप्ती राणालाई पक्राउ गरी बयान लिएर हाजिरी जमानीमा छाडिएको थियो । तर, मुद्दा दायर गर्ने बेला प्रहरीले उनलाई फरार उल्लेख गरेको छ ।



    प्रहरी मिलेमतोमै फरार बनाएर मुद्दा चलाइएको हो । हाजिरी जमानीमा छाडिएका व्यक्ति प्रहरीले भनेको बेला अनिवार्य उपस्थित गराउनुपर्नेमा प्रहरी आफैंले फरार बनाएको हो ।



    तृप्ती कुमारी बैंकको कुमारीपाटी शाखामा अधिकृतका रुपमा कार्यरत कर्मचारी हुन् । बैंकले नै दिएको जाहेरीका आधारमा गत २४ असारमा काठमाडौं प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

    उनको खातामा स्रोत नखुलेको १७ लाख ९३ हजार पाँच सय ६० रुपैयाँ कारोबार भएको र त्यो हुन्डीवापतको भएको बताइएको छ ।

    धेरै जसो पैसा उनको खातामा बुटवल मनि ट्रान्सफरका सञ्चालक सहदेव बिक्रम शाहले जम्मा गरेका थिए ।

    शाहलाई पनि प्रहरीले अनुसन्धानमा तानेपनि सामान्य सोधपुछ गरेर छाडेकोमा पछि फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

    यसअघि पनि विभिन्न मुद्दाको अनुसन्धानमा चलखेल गरेको आरोपमा काठमाडौं प्रहरी विवादमा परिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार