Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • गृहमन्त्री लेखकले भने – देशको अर्थतन्त्र गतिशील बनाउन सरकार प्रतिबद्ध छ

    गृहमन्त्री लेखकले भने – देशको अर्थतन्त्र गतिशील बनाउन सरकार प्रतिबद्ध छ

    अनलाइन नेपाल
  • बिहिबार, २० भाद्र २०८१
  • 189
    SHARES

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    शुक्लाफाँटा नगरपालिका –१० झलारीमा कांग्रेस निर्वाचन क्षेत्र नम्बर २ क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।



    मुलुकको अर्थतन्त्र बलियो बनाउनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच समीकरण बनाइ स्थिर सरकार गठन भएको गृहमन्त्री लेखकको भनाइ छ।



    गृहमन्त्री लेखकले भने,’सरकार अस्थिर हुँदा नयाँ समीकरण बन्ने भत्किने अवस्था थियो । सेवाप्रवाह ठिक ढङ्गले हुन सकेन, विकास निर्माणसँगै सुशासन अगाडि बढ्न पाएका थिएनन् ।’

    सात बुँदे सहमतिको जगमा बनेको सरकारले देशमा भ्रष्टाचार नियमन गरी सुशासनको प्रत्याभूति दिने र दिगो शान्ति सुरक्षा प्रदान गर्न कटिबद्ध भएर अगाडि बढ्ने उनको भनाइ छ।

    संविधानको कार्यान्वयन ठिक ढङ्गले गर्न आगामी निर्वाचनसम्म सत्ता समीकरण रहिरहने गृहमन्त्री लेखकले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार