Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • बृहत् वामपन्थी एकीकरणको विकल्प छैन : उपाध्यक्ष सापकोटा

    बृहत् वामपन्थी एकीकरणको विकल्प छैन : उपाध्यक्ष सापकोटा

    अनलाइन नेपाल
  • बिहिबार, २० भाद्र २०८१
  • 237
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टी पुनर्गठन आवश्यक रहेको बताएका छन् ।

    नेपालमा समाजवादः चुनौती र सम्भवाना विषयक गोष्ठीमा बोल्दै उपाध्यक्ष सापकोटाले यस्तो बताएका हुन् ।



    उपाध्यक्ष सापकोटाले अहिलेको परिस्थितिमा पुनः एक पटक वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठन जरुरी रहेको बताए ।



    उनले विगतमा एकता गरेर पनि रक्षा गर्न नसकिएको भन्दै राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाललाई अगाडि बढाउन आवश्यक रहेको बताए ।

    उनले राष्ट्रियताको सवाल धेरै पेचिलो भएको भएको उल्लेख गर्दै सबै एकतावद्ध अघि बढ्न आवश्यक रहेको बताए । उनले नेपाल नेपालीहरुको भएकाले नेपालीहरुले नै चलाउनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार