Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • पशुपति क्षेत्र विकास कोषले भन्यो – महंगा गरगहना र साना बालबालिका लिएर पशुपति नआउनू

    पशुपति क्षेत्र विकास कोषले भन्यो – महंगा गरगहना र साना बालबालिका लिएर पशुपति नआउनू

    अनलाइन नेपाल
  • बिहिबार, २० भाद्र २०८१
  • 231
    SHARES

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तीजमा महंगा गहना लगाएर र बालबच्चा बोकेर नआउन आग्रह गरेको छ ।

    हरितालिका तीजको व्यवस्थापन सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कोषले यस्तो आग्रह गरेको हो ।



    कोषले पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीहरुलाई मंहगा गरगहना र साना बालबालिका लिएर नआउन आग्रह गरेको छ।



    भीडभाडमा गरगहना चोरी हुने, हराउने डर हुने भएकाले गरगहनाले सजिएर नआउन पशुपति विकास कोषले आग्रह गरेको छ।

    विगतमा वर्षका गरगहना चोरी भएको हराएको गुनासो धेरै आएपछि सार्वजनिक रुपमै गरगहना लगाएर नआउन अपील गरेको कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताए।

    महंगा गरगहना हराएमा स्वयम व्यक्तिलाई मात्र नभई उसको परिवारलाई समेत मानसिक असर पर्ने भएकाले सर्तकता अपनाउन विज्ञप्तीमार्फत आग्रह गरिएको छ ।

    कोषले हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

    कोषले दर्शनको व्यवस्थापन, सुरक्षा, स्वयंसेवक परिचालन, ट्राफिक,पार्किङ स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत तयारी पूरा भइसकेको जनाएको छ ।

    अन्य दिनमा बिहान ४ बजेदेखि दर्शनको लागि चारै ढोका खोलेपनि तीजको लागि भने बिहान ३ बजेदेखि नै ४ वटै ढोका खुल्ला गरिने भएको छ ।

    एउटा गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वानकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मुल ढोकाबाट बाहिरी निस्किएर कैलाश दक्षिण वृत्ता चप्पलकक्षबाट जत्ता–चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको छ ।

    त्यस्तै मित्रपार्क, जयवागेश्वरी–गौशाला–भुवनेश्वरी–शकराचार्यमठ दक्षिण हुदै फलामेपुल–पश्चिम सानो डोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुदै बाहिरिने र शंकराचार्य मठ दक्षिण जुत्ता चप्पलकक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार