Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको छु, सुक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

    निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको छु, सुक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

    अनलाइन नेपाल
  • बिहिबार, २० भाद्र २०८१
  • 375
    SHARES

    महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन ।

    बिहिबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताएका हुन् ।



    “यो प्रकरण मैले गमभीरताका साथ लिएको छु यो घटनाको सुक्ष्म ढंगले अनुसन्धान हुन्छ,” उनले भने । त्यसैगरि पत्रकार सम्मेलनमा उनले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रुपमा विकास गर्ने बताए ।



    “कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ’, उनले भने,’निकट भविष्यमा नै दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा निर्णय भएको छ यसले चीन संग जोड्छ ।”

    दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्ण गर्न छिमेकी मुलुक भारत तयार रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार