Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • लोकतान्त्रिक समाजवादी पार्टीको बैठक आज पनि बस्दै

    लोकतान्त्रिक समाजवादी पार्टीको बैठक आज पनि बस्दै

    अनलाइन नेपाल
  • बिहिबार, २० भाद्र २०८१
  • 180
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ ।

    बुधबारदेखि जारी बैठकमा नेताहरूले बोल्न र नेतृत्वले जवाफ दिन बाँकी रहेकाले आज बिहान ८ बजे पुनः बैठक बस्न लागेको हो ।



    आजको बैठकमा आगामी मङ्सिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आवश्यक तयारी, नेताहरूको जिम्मेवारी हेरफेर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाबारे समीक्षा, महाधिवेशनको मिति र स्थानबारे छलफल हुने पार्टी प्रवक्ता सुभाष लाभले जानकारी दिए ।



    बैठकमा अधिकांश नेताहरूले संविधान संशोधनका लागि पार्टीको प्रस्ट दृष्टिकोण बनाउन माग गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार