Online Nepal
  • बिहिबार, २७ भाद्र २०८१
  • जिल्ला शिक्षा कार्यालय पूरै हटाउनुपर्छ, संविधानले यसलाई मान्दैन : गगन थापा

    जिल्ला शिक्षा कार्यालय पूरै हटाउनुपर्छ, संविधानले यसलाई मान्दैन : गगन थापा

    अनलाइन नेपाल
  • बुधबार, १९ भाद्र २०८१
  • 879
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले जिल्ला शिक्षा कार्यालय पूर्ण रुपमा हटाउनुपर्ने बताएका छन् ।

    बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको संशोधनमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।



    उनले नेपालको संविधानले जिल्ला शिक्षा कार्यालयलाई नमान्ने भएकाले पूर्णरुपमा हटाउनुपर्ने बताए । शैक्षिक गुणस्तर परीक्षण केन्द्र नभइ प्राधिकरण बनाउनुपर्ने प्रस्ताव समेत गरे ।



    ‘जिल्ला शिक्षा कार्यालय पूरै हटाउनुपर्छ। किनभने हाम्रो संविधानले यसलाई मान्दैन। त्यसकारण यसलाई हटाउनुपर्छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र होइन, प्राधिकरण हुनुपर्छ,’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार