Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • धनगढीमा प्लास्टिक प्रतिबन्ध भएको डीआईजी केसीले थाहा नपाएपछि…

    धनगढीमा प्लास्टिक प्रतिबन्ध भएको डीआईजी केसीले थाहा नपाएपछि…

    अनलाइन नेपाल
  • बुधबार, १९ भाद्र २०८१
  • 1.6K
    SHARES

    कैलाली । कैलालीको धनगढीमा बिहीबार गृह मन्त्री रमेश लेखकले नेपाल प्रहरीको पेट्रोल पम्प उद्घाटन गर्ने कार्यक्रम छ । सोही अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सो स्थल प्लास्टिकका पताङ्काले झकिझकाउ पारेको छ ।

    धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलमा रहेको प्रहरी कल्याणकारी कोष मार्फत सञ्चालन गरिको पेट्रोल पम्प प्लास्टिकबाट निर्मित पताङ्काले सजाइको हो ।



    तर उपमहानगरपालिकाले प्लास्टिकमा प्रतिबन्ध लगाएको भएपनि नेपाल प्रहरीले अटेर गरेको पाइएको छ । धनगढीका सार्वजनिक स्थल तथा पसलहरूबाट प्लास्टिक जफत गर्दै आएको नगर प्रहरी समेत मूकदर्शक बनेको थियो ।



    यता, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक रविन्द्र केसीले धनगढी उपमहानगर क्षेत्रमा प्लास्टिक प्रतिबन्ध गरिएको विषयमा जानकार नभएको बताए ।

    उनले भने, ‘गृह मन्त्री ज्यूको कार्यक्रम भएर सजाएका हौ। धनगढीमा प्लास्टिक प्रतिबन्ध हो र ?’ तर अहिले भने प्लास्टिकका पताङ्का हटाइएको छ ।

    गृह मन्त्री लेखकले बिहिवार दिउसो १२ः५ मा प्रहरी कल्याणकारी कोषबाट सञ्चालन गरिएको पेट्रोल पम्म उद्घाटन गर्ने कार्यक्रम रहेको रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार