Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • कतार पठाईदिन्छु भन्दै एक लाख ठगी गर्ने मगर पक्राउ

    कतार पठाईदिन्छु भन्दै एक लाख ठगी गर्ने मगर पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १९ भाद्र २०८१
  • 177
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कतार पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ओखलढुंगा घर भई हाल काठमाडौं महानगरपालिका-३ महाराजगन्ज बस्ने २८ वर्षीय सुवास आले मगर रहेका छन्।



    उनले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी कतार लैजाने भन्दै ठगी गर्ने गरेका थिए ।



    मगरले पीडितसँग १ लाख रुपैयाँ लिएर लामो समयसम्म झुक्यानमा राखेका थिए ।

    उनलाई विदेश नपठाई सम्पर्क विहीन भएपछि पीडितले प्रहरीमा जाहेरी दिएका थिए ।

    उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार