Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते

    बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते

    अनलाइन नेपाल
  • बुधबार, १९ भाद्र २०८१
  • 363
    SHARES

    फाइल तस्विर

    पर्वत । बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा पर्वतको अर्मादीमा तीन जना घाइते भएका छन् ।

    बागलुङबाट पोखरा आउँदै गरेको एम्बुलेन्स कुश्मा नगरपालिका-२, कुश्मा-बागलुङ सडकखण्ड अन्तर्गत अर्मादीमा यात्रुवाहक बससँग ठोकिएको हो ।



    जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार ग १ झ ६९५ नम्बरको बिरामी बोकेको एम्बुलेन्स र बा ०६००१०३०९ नम्बरको बस एकआपसमा ठोकिँका थिए ।



    घाइतेहरुको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ । बस, एम्बुलेन्स र चालकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार