Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सार्वजनिक बिदा भन्दै गलत सूचना बनाएको आरोपमा एक जना पक्राउ

    सार्वजनिक बिदा भन्दै गलत सूचना बनाएको आरोपमा एक जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १९ भाद्र २०८१
  • 546
    SHARES

    फाइल तस्विर

    चितवन । गृह मन्त्रालयको गलत सूचना बनाएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    पुरानो सूचनालाई भदौ १९ गते बुधबारको सूचना बनाएर सार्वजनिक गरेको आशं‌कामा चितवन प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो।



    आज १९ भदौमा सार्वजनिक बिदा भन्दै गृहमन्त्रालयको लेटरहेडबाट गलत सूचना सम्प्रेषण गरिएको थियो ।



    पुरानो सूचनालाई मिति सच्याएर आज सार्वजनिक बिदा भन्दै भ्रम सिर्जना गराइएको आरोप ती युवकमाथि छ ।

    गलत सूचना सम्प्रेषण गरिएपछि प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पनि ती व्यक्तिको खोजी गरेको थियो ।

    साइबर ब्यूरोसँग समन्वय गरेर अहिले थप छानबिन र पुष्टि गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार