Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • नागरिकलाई सेवा प्रदान गर्नु सरकारको पहिलो प्राथमिकता हो : गृहमन्त्री लेखक

    नागरिकलाई सेवा प्रदान गर्नु सरकारको पहिलो प्राथमिकता हो : गृहमन्त्री लेखक

    अनलाइन नेपाल
  • बुधबार, १९ भाद्र २०८१
  • 339
    SHARES

    महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन् ।

    महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।



    प्रहरीको सुविधा सम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान सहज हुने उनको भनाई छ । अहिले प्रहरीले समिति स्रोतसाधनमा काम गर्नुपरेको भन्दै गृहमन्त्री लेखकले भने,’नवनिर्मित भवनले सेवा प्रवाहमा सहज हुनेछ ।’



    नेपाल प्रहरीलाई समयानुकूल अनुसन्धानका लागि समेत अब्बल बनाउनुपर्ने गृहमन्त्री लेखकले बताए ।

    पछिल्लो समय साइबर अपराधहरू बढिरहेकाले प्रहरीले परम्परागत अपराध बाहेक साइबर अपराधमा पनि अनुसन्धान गर्नुपर्ने गृहमन्त्री लेखकको भनाई छ ।

    गृहमन्त्री लेखकले संसदमा भएका दुई ठुला दलहरुबीच सहमति भएर नयाँ राजनितिक समीकरण बनाएको बताए । दुई दल बिच सात बुँदे सहमति भएर सरकार निमार्ण भएको उनको भनाई छ ।

    गृहमन्त्री लेखकले मुलुकमा दुई ठुला दल मिलेर ऐतिहासिक काम गरेको स्मरण गर्दै अहिले पनि संसदका दुई ठुला दलहरु मिलेर देशको विशिष्ट कार्यभार सम्हाल्न एक ठाउँमा उभिएको बताए।

    एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति कार्यान्वयनमा कुनै शंका नगर्न समेत गृहमन्त्री लेखकले आग्रह गरे।

    उक्त कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले सम्पूर्ण नागकिरहरुले गुणस्तरीय सेवा प्राप्त गर्न सकुन भन्ने उद्देश्यले पूर्वाधार विकासमा जोड दिएको बताए ।

    उनले नवनिमिर्त भवनले प्रदेश प्रहरीको अनुगमन र सुपरिवेक्षणमा सहज हुने विश्वास व्यक्त गरे । २०७९ मंसिर २९ गते आशिस कन्ट्रक्सनसंग १३ करोड २६ लाखमा ठेक्का सम्झौता भएको भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार