Online Nepal
  • बुधबार, २ असोज २०८१
  • श्रीलंकामा आज दोस्रो अभ्यास खेल खेल्दै नेपाली क्रिकेट टोली

    श्रीलंकामा आज दोस्रो अभ्यास खेल खेल्दै नेपाली क्रिकेट टोली

    अनलाइन नेपाल
  • बुधबार, १९ भाद्र २०८१
  • 984
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलभमेन्ट ११ सँगको दोस्रो अभ्यास खेलमा आज खेल्दैछ ।

    श्रीलंकामा नेपाली समय अनुसार आजको खेल बिहान १०ः१५ बजे सुरु हुनेछ । डेभलभमेन्टसँगको पहिलो अभ्यास खेल भारी वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो ।



    नेपालले सोही टोलीसँग शुक्रवार पनि अभ्यास खेल खेल्नेछ । आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि नेपाली टोली श्रीलंकामा छ ।



    नेपालले आउँदो सेप्टेम्बरमा क्यानडामा हुने त्रिदेशीय एकदिवसीय श्रृङ्खला खेल्दैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार