Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • कैलालीमा जापानिज इन्सेफलाइटिसको संक्रमणबाट दुई जनाको मृत्यु

    कैलालीमा जापानिज इन्सेफलाइटिसको संक्रमणबाट दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १८ भाद्र २०८१
  • 651
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीमा जापानिज इन्सेफलाइटिसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

    मंगलबार संक्रमणबाट घोडाघोडी नगरपालिकाका दुई जनाको मृत्यु भएको हो ।



    स्वास्थ्य कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका–५ का ९ वर्षीय बालक र ६ का ६० वर्षीय पुरूषको मृत्यु भएको हो । जिल्लाका थप चार जनामा संक्रमण पुष्टि भएको छ ।



    गौरीगंगा, गोदावरी र धनगढी उपमहानगरपालिकामा गरी थप चार जनामा संक्रमण पुष्टि भएको छ । गोदावरीका एक जना भने उपचारपछि घर फर्किसकेका छन् ।

    अन्य संक्रमितको उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार