Online Nepal
  • बुधबार, २ असोज २०८१
  • वर्षाका कारण रद्द भयो नेपालले श्रीलंकामा खेल्ने पहिलो अभ्यास खेल

    वर्षाका कारण रद्द भयो नेपालले श्रीलंकामा खेल्ने पहिलो अभ्यास खेल

    अनलाइन नेपाल
  • मंगलबार, १८ भाद्र २०८१
  • 291
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा खेल्ने भनिएको पहिलो अभ्यास खेल वर्षाले रद्द भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एकदिवसीय खेल अन्तर्गत आज पहिलो खेल हुने तालिका रहेको थियो ।



    तर वर्षाका कारण रद्द भएको हो । नेपालले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्ने भएको हो ।



    नेपालले अब दोस्रो अभ्यास खेल बुधबार र तेस्रो खेल सेप्टेम्बर ६ मा हुने तालिका रहेको छ । श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार