Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • राजदूत नियुक्ति समावेशी बनाउन सरकारलाई संसदीय समितिको निर्देशन

    राजदूत नियुक्ति समावेशी बनाउन सरकारलाई संसदीय समितिको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, १८ भाद्र २०८१
  • 192
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले राजदूत नियुक्तिमा समानुपातिक समावेशी सिद्धान्त पालना गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।

    समितिको बैठकले राजदूत निर्देशिका र संविधानको व्यवस्था ख्याल गर्न सरकारलाई ध्यानाकर्षण गराएको हो ।



    बैठकले संविधानको प्रस्तावना, धारा ४२ र धारा २८२ को व्यवस्था र राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ सम्झाउँदै सरकारलाई राजदूत नियुक्तिमा समानुपातिक समावेशी सिद्धान्तमा अबलम्वन गर्न आग्रह गरेको छ ।



    अहिले १७ जना राजदूतहरूको सिफारिसमा समावेशी नभएको भन्दै समितिका सदस्यहरूले आपत्ति जनाएका थिए । त्यसपछि समितिले समावेशी बनाउन निर्देशन दिएको हो ।

    समितिले आज परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमणको विषयमा मन्त्री देउवा र परराष्ट्र सचिव सेवा लम्सालसँग छलफल गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार