Online Nepal
  • बुधबार, २ असोज २०८१
  • टानका निर्वाचित पदाधिकारीलाई बधाई दिँदै प्रचण्डले भने – असंवैधानिक गठबन्धनलाई दरो जवाफ !

    टानका निर्वाचित पदाधिकारीलाई बधाई दिँदै प्रचण्डले भने – असंवैधानिक गठबन्धनलाई दरो जवाफ !

    अनलाइन नेपाल
  • मंगलबार, १८ भाद्र २०८१
  • 957
    SHARES

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएका छन् ।

    माओवादी केन्द्र निकट पर्यटन व्यवसायी पाण्डे टानको अध्यक्षमा नवनिर्वाचित भएपछि अध्यक्ष प्रचण्ड समाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।



    उनले कांग्रेस–एमाले निकट व्यवसायी गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गरे । यस्तै अध्यक्ष प्रचण्डले यो जितले अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दरो जवाफ दिएको बताए ।



    उनले भनेका छन्– ‘अध्यक्ष सागर पाण्डेलगायत टानमा निर्वाचित साथीहरूलाई हार्दिक बधाई छ। तपाईँहरूको अथक मेहेनेत र जुझारु एकताले अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दरो जवाफ भएको छ। हार्दिक शुभकामना व्यक्त गर्दछु।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार