Online Nepal
  • बुधबार, २ असोज २०८१
  • प्रकाश तामाङ र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेटवार्ता

    प्रकाश तामाङ र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, १७ भाद्र २०८१
  • 330
    SHARES

    काठमाडौँ । प्रकाश तामाङले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।  ‘हेर्ने कथा’मार्फत चर्चामा आएका उनले आज प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।

    गोरखाको चुमभ्यालीमा बाल्यकालदेखि नै आफन्तबाट टाढिएर बसेका उनले हेर्ने कथामार्फत आफ्नो भोजपुरमा रहेका परिवार भेटेका थिए । 



    ४० वर्ष नाघिसक्दासमेत नागरिकता नपाएका उनले प्रधानमन्त्रीको चासोपछि दुई दिनअघि नागरिकता पाएका थिए ।



    भोजपुरबाट नागरिकता पाएसँगै उनले सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरे ।

    भेटपछि प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्, ‘प्रकाश तामाङ  नागरिकता बनाएर आज साँझ भेट्न आउनु भयो ।  नागरिकता बनेपछि उहाँलाई अरु कुरामा पनि सहज हुन्छ। खुसी लाग्यो।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार