Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • धनगढी विमानस्थलबाट साढे ८ लाखका आईफोन बरामद

    धनगढी विमानस्थलबाट साढे ८ लाखका आईफोन बरामद

    अनलाइन नेपाल
  • सोमबार, १७ भाद्र २०८१
  • 567
    SHARES

    कैलाली । धनगढी विमानस्थलबाट करिब साढे ८ लाख रूपैयाँ बराबरका आईफोनसहित एक युवक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका-१ सुखडका २७ वर्षीय राजु चौधरी रहेका छन् ।



    उनलाई प्रहरीले ८ लाख ४० हजार बराबरका २१ वटा आईफोनसहित पक्राउ गरेको हो ।



    कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराले चौधरीलाई विमानस्थलको यात्रु प्रवेश द्वारबाट भित्र प्रवेश गर्दा सोही प्रवेश एक्सरे मेसिनमा चेकजाँच गर्दा काठमाडौं पठाउने भनि पठाइरहेको अवस्थामा आईफोन बरामद गरिएको बताए ।

    युवकसहित बरामद गरिएका मोबाईल आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार