Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • चौरपाटीको एक सामुदायिक वनमा रोल्पाका भबिलाल मृत भेटिए

    चौरपाटीको एक सामुदायिक वनमा रोल्पाका भबिलाल मृत भेटिए

    अनलाइन नेपाल
  • सोमबार, १७ भाद्र २०८१
  • 2.4K
    SHARES

    अछाम । अछामको एक समामुदायिक वनमा पुरुष मृत अवस्थामा भेटिएका छन् । जिल्लाको चौरपाटी गाउँपालिका-१ स्थित सेलि सामुदायिक वनमा खोटो संकलनको काम गर्दै आएका रोल्पाका भबिलाल घर्तिमगर मृत अवस्थामा भेटिएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय अछामका अनुसार आइतबार साँझ रोल्पा नगरपालिका-३ सातदोबाटो स्थायी घर भएका ४० वर्षीय घर्तिमगरको शव विन्द्रावन सामुदायिक वनमा भेटिएको थियो ।



    घर्तिमगर सम्पर्कविहीन भएपछि उदयपुर निवासी तथा उनीसँगै काम गर्ने कोडिनेटर पौरख बस्नेतले प्रहरीलाई जानकारी गराएका थिए ।



    प्रहरीलाई सूचना प्राप्त भएलगत्तै, प्रहरी सहायक निरीक्षक रमेश कुमार नाथको कमाण्डमा तीन जनाको टोली घटनास्थलतर्फ खटिएको थियो । उनको शव चार दिनपछि आइतबार साँझ भेटिएको बताइएको छ ।

    अनुसन्धानका लागि साँफेबगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र सिंह साउँदको कमाण्डमा थप पाँच जनाको टोली पनि घटनास्थलतर्फ खटिएको अछाम प्रहरीले जनाएको छ ।

    लगातारको वर्षा र दुर्गम भिरपाखाका कारण टोली सोमबार बिहान ७ः३० बजे मात्रै घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुगेपछि टोलीले भबिलाल घर्तिमगरलाई सोही वनको भिरमा मृत अवस्थामा फेला पारेको थियो ।

    शवको पहिचानपछि, प्रहरीद्वारा घटनास्थलको मुचुल्का तयार पारेर शवलाई परीक्षणका लागि जिल्ला अस्पताल अछाम पठाइएको छ।

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै आफन्तलाई खबर गर्ने कार्य पनि भइरहेको अछाम प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार