Online Nepal
  • आइतबार, ६ असोज २०८१
  • त्रिविका ११ क्याम्पस प्रमुख नियुक्त गर्न आवेदन आह्वान

    त्रिविका ११ क्याम्पस प्रमुख नियुक्त गर्न आवेदन आह्वान

    अनलाइन नेपाल
  • सोमबार, १७ भाद्र २०८१
  • 567
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगीक क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदमा दरखास्त आह्वान गरेको छ ।

    आज सार्वजनिक सूचना जारी गर्दै क्याम्पस प्रमुख छनोट समितिले काठमाडौं उपत्यकाका तीनसहित ११ क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा दरखास्त माग गरेको हो । सूचना प्रकाशित भएको सात दिनभित्र आवेदन दिनु पर्नेछ ।



    समितिले रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, पाटन संयुक्त क्याम्पस पाटनढोका, ललितपुर क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको हो ।



    सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहा, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, सुर्खेत शिक्षा क्याम्पस सुर्खेत, पृथ्वीनारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी क्याम्पस बुटवल क्याम्पस, रामस्वरुप रामसागर क्याम्पस जनकपुर, डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि समितिले दरखास्त मागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार