Online Nepal
  • आइतबार, ३० भाद्र २०८१
  • रुसमा हेलिकप्टर दुर्घटनामा बेपत्ता १७ जनाको शव फेला

    रुसमा हेलिकप्टर दुर्घटनामा बेपत्ता १७ जनाको शव फेला

    अनलाइन नेपाल
  • आइतबार, १६ भाद्र २०८१
  • 678
    SHARES

    फाइल फोटो

    एजेन्सी । रुसको सुदूर पूर्वमा रहेको कामचट्का प्रायद्वीपमा गत शनिबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएका १७ जनाको शव फेला परेको छ ।

    रुसको मन्त्रालयलका अनुसार बेपत्ता २२ जनामध्ये १७ जनाको शव आइतबार फेला परेको हो ।



    उन्नाइस पर्यटक र तीन जना चालक दलका सदस्य लिएर उडेको उक्त हेलिकप्टर कामचट्का जङ्गली क्षेत्रमा बेपत्ता भएको थियो ।



    उद्धारकर्ताहरूले आइतबार बिहान ९०० मिटरको उचाइमा पहाडी क्षेत्रमा हेलिकप्टरको अवशेष देखेको कामचट्काका गभर्नर भ्लादिमिर सोलोडोभले सामाजिक सञ्जाल टेलिग्राममा सार्वजनिक गर्नुभएको श्रव्यदृश्यमा उल्लेख गरेका छन् ।

    दुर्घटना भएको हेलिकप्टरको भग्नावशेष एउटा ठूलो जङ्गलको पहाडको टुप्पो नजिकै ढलानमा रहेको श्रव्यदृश्यमा देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार