Online Nepal
  • आइतबार, ३० भाद्र २०८१
  • कर्णालीमा कार्यरत एसएसपी ओली र डीएसपी गौतम पनि घर फर्किए

    कर्णालीमा कार्यरत एसएसपी ओली र डीएसपी गौतम पनि घर फर्किए

    अनलाइन नेपाल
  • आइतबार, १६ भाद्र २०८१
  • 3.5K
    SHARES

    सुर्खेत । कर्णाली प्रदेशमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक वीर बहादुर ओली र प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमलाई पनि बिदाइ गरिएको छ ।

    नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि पुरा गरी अनिवार्य अवकाशमा गएका उनीहरुलाई आइतबार बिदाइ गरिएको हो ।



    आइतबार एक कार्यक्रमकाबीच कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख तथा प्रहरी नायव महानिरीक्षक अर्जुन चन्द ठकुरीले एसएसपी ओली र डीएसपी गौतमलाई कदर पत्र र मायाको चिनो दिएर बिदाइ गरे ।



    बिदाइ समारोहमा डीआईजी ठकुरीले संगठनमा उनीहरुले पुर्‍याएको योगदानको उच्च सम्मान गरे ।

    कार्यक्रममा ठकुरीले सेवा निवृत्त पश्चात पनि नागरिक जीवनमा प्रहरीको रुपमा समाजमा शान्ति सुरक्षा र अमन चयन कायम गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे । साथै, ठकुरीले उनीहरूका पारिवारिक तथा व्यक्तिगत जीवनमा सफलता र सुखद जीवनको शुभकामना दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार