Online Nepal
  • आइतबार, ३० भाद्र २०८१
  • लुम्बिनीमा कार्यरत डीएसपी मल्ल पनि ‘रिटायर्ड’, डीआईजी कडायतले गरे बिदाइ

    लुम्बिनीमा कार्यरत डीएसपी मल्ल पनि ‘रिटायर्ड’, डीआईजी कडायतले गरे बिदाइ

    अनलाइन नेपाल
  • आइतबार, १६ भाद्र २०८१
  • 2.5K
    SHARES

    दाङ । लुम्बिनी प्रदेशमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नव चन्द्र मल्ल पनि अनिवार्य अवकाशमा गएका छन् ।

    नेपाल प्रहरीको ३० वर्षे उमेरहदका कारण उनी पनि अवकाशमा गएका हुन् । उनलाई आइतबार प्रदेश प्रहरी कार्यालयमा एक विशेष कार्यक्रम आयोजना गरी प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बिदाई गरे ।



    सो अवसरमा डीआईजी कडायतले अवकाश प्राप्त मल्ललाई मायाको चिनो र कदर पत्र प्रदान गरेका थिए । साथै उनले प्रहरी संगठनमा उनले पुर्‍याएको योगदानको उच्च कदर गर्दै अवकाश पछिको पारिवारिक तथा सामाजिक जीवन सुखमय रहोस् भन्ने शुभकामना व्यक्त गरे ।



    अवकाश प्राप्त डीएसपी मल्लले आफ्नो ३० वर्षको सेवा अवधिमा विभिन्न चुनौतीहरूलाई सफलतापूर्वक सामना गर्दै राष्ट्र र जनताको सुरक्षामा योगदान पुर्‍याएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार