Online Nepal
  • आइतबार, ३० भाद्र २०८१
  • देउवालाई विश्वप्रकाशले भने – अब प्रधानमन्त्री नबन्नुस्, जवाफ – म छोड्दिनँ

    देउवालाई विश्वप्रकाशले भने – अब प्रधानमन्त्री नबन्नुस्, जवाफ – म छोड्दिनँ

    अनलाइन नेपाल
  • आइतबार, १६ भाद्र २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवा अब प्रधानमन्त्री नबन्न सुझाव दिएका छन् ।

    आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले सभापति देउवालाई प्रधानमन्त्री नबन्न र त्याग गर्न सुझाव दिएका हुन् ।



    शर्माको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,“जेल, नेल, संघर्ष सबै बेहोर्नुभयो अब त्याग पनि गर्नुस् । कांग्रेसको महामन्त्रीले घुमाएर होइन सिधै कुरा गर्छ । ०८३ को असारसम्म केपी ओली प्रधानमन्त्री हुनुहुनेछ । त्यसपछि तपाईंले पार्टीका नेताहरु शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का जसलाई छान्नुहोला, छान्नुहोस् ।”



    शर्माले यस्तो प्रस्ताव गरेपछि देउवाले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाउनसमेत चुनौती दिए । उनले बैठकमा भने, “भन्नेबित्तिकै कसैले छोड्छ रु तपाईंलाई छोड्न मन छैन भने, तपाईं छाड्नुहुन्छ ? यस्तो कुरा नगर्नुस् ।”

    कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीपछि देउवा प्रधानमन्त्री बन्ने समझदारी भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार