Online Nepal
  • आइतबार, ३० भाद्र २०८१
  • ललितानिवास जग्गा कीर्ते आरोप लागेका पूर्वमन्त्री जोशी ३ लाख ३० हजार धरौटीमा रिहा

    ललितानिवास जग्गा कीर्ते आरोप लागेका पूर्वमन्त्री जोशी ३ लाख ३० हजार धरौटीमा रिहा

    अनलाइन नेपाल
  • आइतबार, १६ भाद्र २०८१
  • 993
    SHARES

    काठमाडौं । ललिता निवासको जग्गा कीर्ते गरेको आरोप लागेका पूर्वमन्त्री चन्द्रदेव जोशी रिहा भएका छन् ।

    जिल्ला अदालत काठमाडौंले उनलाई तीन लाख ३० हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । न्यायाधीश श्यामविहारी मौर्यको इजलासले पूर्वभूमिसुधारमन्त्री जोशीसँग ३ लाख ३० हजार रुपैंया धरौटी मागेको हो ।



    जोशीमाथि २०६९ सालमा पशुपति टिकिन्छा गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको आरोप थियो ।



    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १० भदौं २०८० मा जोशी लगायत ३१२ जनाविरुद्ध सरकारी कागजात कीर्ते गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार