Online Nepal
  • आइतबार, ३० भाद्र २०८१
  • सेवा निवृत्त डीआईजी केसीको बिदाइ

    सेवा निवृत्त डीआईजी केसीको बिदाइ

    अनलाइन नेपाल
  • आइतबार, १६ भाद्र २०८१
  • 2.7K
    SHARES

    हेटौंडा । सेवा निवृत्त भएका बागमती प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक विष्णु कुमार केसीको बिदाइ गरिएको छ ।

    ३० वर्षे सेवा अवधि पूरा गरी अनिवार्य अवकाशका उनलाई आज बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा एक कार्यक्रमकाबीच बिदाइ गरिएको हो ।



    विदाई कार्यक्रमका क्रममा प्रहरी नायब महानिरीक्षक केसीले सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई आगामी दिनमा आफ्नो व्यावसायिक र व्यक्तिगत ज्ञान तथा सीपलाई प्रभावकारी रूपमा प्रयोग गर्दै, प्रहरी संगठनको छविलाई सकारात्मक रूपमा प्रस्तुत गर्न आग्रह गरे । उनले भविष्यमा सबैको सफलताका लागि शुभेच्छा पनि व्यक्त गरे ।



    कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले पनि शुभकामना मन्तव्य राख्दै, प्रहरी नायब महानिरीक्षक केसीको निर्देशनलाई मार्गदर्शनको रूपमा ग्रहण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    साथै, उनले प्रहरी संगठनमा उहाँले देखाएको माया र सद्भावको निरन्तरता रहने अपेक्षा गर्दै सफल नागरिक जीवनको शुभकामना व्यक्त गरे ।

    बिदाई कार्यक्रममा बागमती प्रदेश प्रहरी गण हेटौंडाका गण प्रमुख प्रहरी उपरीक्षक राकेश सिंह, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सिताराम रिजाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुख प्रहरी उपरीक्षक खड्ग बहादुर खत्री, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी उपरीक्षक दुर्गा राज रेग्मी लगायत अन्य प्रहरी नायब उपरीक्षक, प्रहरी निरीक्षक तथा अन्य मातहत दर्जाका प्रहरी कर्मचारीहरू उपस्थित थिए ।

    उनीहरुले पुष्पगुच्छा, फूलमाला, खादा र मायाको चिनो प्रदान गरी बिदाइ गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार