Online Nepal
  • बुधबार, २ असोज २०८१
  • अब प्रधानमन्त्री नबन्न देउवालाई विश्वप्रकाशको आग्रह

    अब प्रधानमन्त्री नबन्न देउवालाई विश्वप्रकाशको आग्रह

    अनलाइन नेपाल
  • आइतबार, १६ भाद्र २०८१
  • 333
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री नबन्न आग्रह गरेका छन् ।

    केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै महामन्त्री शर्माले यस्तो आग्रह गरेका हुन्। सभापति देउवालाई अब प्रधानमन्त्री नबन्न र त्याग गर्न महामन्त्री शर्माले आग्रह गरे।



    महामन्त्री शर्माले भने,‘एमालेसँग भएको ७ बुँदे सहमति अनुसार २०८३ असारसम्म केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन कांग्रेसको सम्पूर्ण ध्यान लगाउनुपर्छ र एकताबद्ध रूपले प्रधानमन्त्रीलाई साथ दिनुपर्छ । तर त्यसपछि सभापति देउवा प्रधानमन्त्री बन्नु हुँदैन। आफ्नो पुस्ताका कोही एक नेतालाई उहाँले प्रधानमन्त्रीको प्रस्ताव गर्नुपर्छ।’



    शर्माले बैठकमा अरूलाई प्रधानमन्त्री बनाए सभापतिको त्याग देखिने तथा समकालीन नेतालाई न्याय र कदर हुने बताए ।

    महामन्त्री शर्माले प्रधानमन्त्रीमा सभापति देउवाको विकल्पमा नेता शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, शशांक कोइराला र अर्जुननरसिंह केसीमध्ये कोही एक जनालाई अघि सार्न सक्ने विकल्पसमेत दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार