Online Nepal
  • मंगलबार, १ माघ २०८१
  • सुदूरपश्चिममा कार्यरत एसएसपी बिष्टसहित ९ जना प्रहरी अधिकृत अनिवार्य अवकाशमा

    सुदूरपश्चिममा कार्यरत एसएसपी बिष्टसहित ९ जना प्रहरी अधिकृत अनिवार्य अवकाशमा

    डीआईजी केसीले गरे बिदाइ

    अनलाइन नेपाल
  • आइतबार, १६ भाद्र २०८१
  • 5.8K
    SHARES

    कैलाली । सुदू्रपश्चिम प्रदेशमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिल्लीराज बिष्टसहितका ९ जना प्रहरी अधिकृत सेवा निवृत्त भएका छन् । ३० वर्षे सेवा अवधि पूरा गरी उनीहरु अनिवार्य अवकाशमा गएका हुन् ।

    सेवा निवृत्त हुनेमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी वरिष्ठ उपरीक्षक दिल्लीराज बिष्ट, नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरका प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेत, सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीका प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पाल र जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विष्णुहरी कोईराला रहेका छन् ।



    यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव उपरीक्षक भरत बहादुर चौधरी, हिक्मत बहादुर बोहरा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी नायव उपरीक्षक अनिल कुमार उप्रेती, सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीका प्रहरी नायव उपरीक्षक राम बहादुर चन्द र बोधराज ओझा सेवा निवृत्त भएका हुन् ।



    उनीहरुलाई आइतबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा आयोजित एक विशेष कार्यक्रमकाबीच प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) रबिन्द्र के(सीले बिदाइ गरेका हुन् ।

    सो अवसरमा डीआईजी केसीले आफ्नो सम्बोधनमा संगठनप्रति निष्ठावान र कर्तव्यनिष्ठ भई जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकोमा सेवानिवृत्त अधिकृतहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै बधाई तथा शुभकामना व्यक्त गरे ।

    उनले सेवा निवृत्त अधिकृतहरूको अनुभव र विज्ञता नागरिक समाज र प्रहरी संगठनको विकासमा उपयोगी हुने अपेक्षा व्यक्त गरे।

    यस अवसरमा सेवानिवृत्त हुने प्रहरी वरिष्ठ उपरीक्षक दिल्लीराज विष्ट, प्रहरी नायव उपरीक्षकहरू भरत बहादुर चौधरी, हिक्मत बहादुर बोहरा, र अनिल कुमार उप्रेतीले आफ्नो ३० वर्षे प्रहरी सेवा अवधिको अनुभव र अनुभूतिहरू व्यक्त गरेका थिए ।

    कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजिव बहादुर बस्नेत, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर बिष्ट, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्र राज जोशी लगायत सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र मातहत प्रहरी कार्यालयहरूमा कार्यरत अन्य सिनियर प्रहरी अधिकृतहरू तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार