Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • हमासले बन्धक बनाएका ६ जनाको शव भेटियो

    हमासले बन्धक बनाएका ६ जनाको शव भेटियो

    अनलाइन नेपाल
  • आइतबार, १६ भाद्र २०८१
  • 567
    SHARES

    एजेन्सी । हमासले इजरायलबाट बन्धक बनाएर लगेकामध्ये ६ जनाको शव फेला परेको छ ।

    हमासको नियन्त्रणमा रहेकामध्ये एक अमेरिकी–इजरायली नागरिक हर्स गोल्डबर्ग पोलिनलगायतको शव पहिचान भएको हो।



    पोलिनलाई गएको वर्ष अक्टोबर ७ मा नोवा संगीत महोत्सवबाट अपहरण गरिएको थियो । पोलिनसँगै सुरुङभित्र फेला परेका अन्य व्यक्ति पनि नोवा संगीत महोत्सवबाट अपहरण गरिएका थिए।



    ती व्यक्तिहरूमा ३२ वर्षका एलेक्स लोबानोभ, २४ वर्षका इडेन येरुशाल्मी, २५ वर्षका ओरि डानिनो र २७ वर्षका अलमोग सारुसी छन् ।

    साथै ४० वर्षकी कारमेल गाटलाई पनि हमासका लडाकुहरूले किब्बुट्ज बेएरीबाट अपहरण गरेका थिए । उनी आफ्ना अभिभावकसँग भेटघाट गर्न गएकी थिइन्।

    पोलिनलगायत अन्य इजरायली नागरिक अपहरणमा परेपछि उनीहरूको परिवारले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई बन्धकहरूको रिहाइका लागि सम्झौता गर्न दबाब दिँदै आएका थिए ।

    गाजाको दक्षिणी शहर रफाहको सुरुङभित्र यी शवहरू फेला परेको इजरायली सेनाका प्रवक्ता हागारीले बताए । गाजामा जारी युद्धको कारण ४० हजार भन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।

    यस घटनापछि नेतन्याहूको नेतृत्वमा इजरायली सेनाले हमासविरुद्धको युद्धलाई अझै कडा पार्ने संकेत दिएको छ । बन्धक परिवारहरूको दबाब र नेतन्याहूको अडानबीच तनाव बढ्दै गएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार